free website hit counter

आईएमई लाइफको रेटिङमा स्तरोन्नति

beemaadmin
२०८३ जेष्ठ २८, बिहीबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इस्युर रेटिङमा महत्वपूर्ण सफलता हासिल गरेको छ। केयर रेटिङ नेपालले कम्पनीको रेटिङ केयर एनपी ट्रिपल बी प्लस बाट स्तरोन्नति गर्दै केयर एनपी ए माइनस प्रदान गरेको छ।

यो स्तरोन्नतिले कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको, जोखिम व्यवस्थापन प्रभावकारी रहेको तथा व्यवसायिक कार्यसम्पादनमा सुधार आएको संकेत गरेको छ। साथै, संस्थागत सुशासनप्रतिको प्रतिबद्धता र बीमित तथा सरोकारवालाबीच कायम विश्वासलाई पनि यसले प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ।

Advertisement
Advertisement

केयर एनपी ए माइनस रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्याङ्कनको तुलनामा थप सबल संस्थाका रूपमा स्थापित भएको संकेत गर्छ।

Advertisement
Advertisement

कम्पनी व्यवस्थापनले यो उपलब्धि ग्राहक, अभिकर्ता, कर्मचारी, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको जनाएको छ। आगामी दिनमा पनि ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको आईएमई लाइफ नेपालका अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो। कम्पनीले जीवन बीमामार्फत व्यक्ति तथा परिवारको आर्थिक सुरक्षा, बचत र भविष्य सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जीवन बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ।

देशव्यापी शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँच देशका विभिन्न समुदायसम्म विस्तार गरेको जनाएको छ। ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।

व्यवसायिक गतिविधिसँगै आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको बताएको छ।

कम्पनीका अनुसार केयर एनपी ए माइनस रेटिङ प्राप्त गर्नु केवल उपलब्धि मात्र नभई अझ उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड तथा वित्तीय सुदृढताप्रति थप जिम्मेवार बन्ने प्रेरणा पनि हो। कम्पनीले आगामी दिनमा पनि बीमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार