free website hit counter

आईएमई लाइफको साधारण शेयर नेप्सेमा सूचीकरण

beemaadmin
२०८० श्रावण १८, बिहीबार

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००।– कायम भएको ४,००,००,०००।– कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण समक्ष सिभिल क्यापिटल मार्केट लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो । कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा १,२०,००,०००।– कित्ता शेयर (३०%) वितरण गरेको र कम्पनीका संस्थापक शेयरधनीहरुको २,८०,००,०००।– कित्ता शेयर (७०%) गरी जम्मा ४,००,००,०००।– कित्ता (१००%) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०४/१७ गतेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको निर्णयानुसार स्टक एक्सचेञ्जमा सूचिकरण भएको छ ।
मिति २०८०/०४/१८ गते कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हुँदा सम्झौता सम्पन्न भएको दोश्रो दिनबाट धितोपत्रको कारोबार शुरु हुनुपर्ने भएता पनि उक्त दिन शुक्रबार र तत्पश्चत शनिबार पर्ने भएकाले सम्भावत अर्का साता अर्थात आईतबारबाट कारोबार शुरु हुनेछ । कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला, लैनचौरमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने शेयर रजिष्ट्रार  सम्बन्धी सम्पूर्ण सेवा ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंबाट हुनेछ ।
हाल कम्पनीले देशभरि आफ्ना १४० शाखा तथा उपशाखा कार्यालयहरु मार्फत सेवाग्राहीहरुलाई जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनी सञ्चालनको छैंटौं वर्षिक उत्सव मनाउने क्रममा रहेको आई.एम.ई. लाइफले देशव्यापीरुपमा विविध कार्यक्रम गरी बीमा जागरण एवं सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार