free website hit counter

आईजीआई प्रुडेन्सियलले भदौ ८ देखि निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

beemaadmin
२०८३ श्रावण २४, आईतवार

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आगामी भदौ ८ गतेदेखि ११ गतेसम्म निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीका अनुसार निर्जीवन बीमा अभिकर्ताका रूपमा काम गर्न इच्छुक व्यक्ति तथा संस्थालाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको हो।

Advertisement
Advertisement

तालिममा सहभागी हुन न्यूनतम प्लस टु वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। सहभागीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउनुपर्ने कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

तालिम अनलाइन माध्यमबाट बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ। तालिममा सहभागी हुन इच्छुकले आवश्यक कागजातसहित भदौ ४ गतेभित्र कम्पनीको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

कम्पनीका अनुसार अभिकर्ता परीक्षा भने भदौ ११ गते दिउँसो २ बजे सञ्चालन हुनेछ।

सम्बन्धित समाचार