free website hit counter

आईजीपीमा मनोज केसी नियुक्त, कार्की सुरक्षा सल्लाहकार

beemaadmin
२०८३ कार्तिक १९, बुधबार

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्। मन्त्रिपरिषद्को निर्णयसँगै उनले प्रहरी संगठनको नेतृत्व सम्हाल्ने भएका छन्।

Advertisement
Advertisement

मन्त्रिपरिषद् स्रोतका अनुसार वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरिएको छ।

सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।

सम्बन्धित समाचार