free website hit counter

आईपीओ निष्काशन गर्दै यूनियन लाईफ

beemaadmin
२०७६ पुष ५, शनिबार

काठमाडौं । स्थापनाको छोटो अवधिमा आम ग्राहकको मन जित्न सफल यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीबाट निष्काशन गरिने आइपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडि बढाउने सहमति प्रदान गरेको छ ।

आइपीओ निष्काशनका लागि आर्थिक वर्ष २०७४ कात्तिक १५ गते भएको प्रथम वार्षिक साधारणसभाले निर्णय गरिसकेको थियो । कम्पनीले ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आब २०७४–०७५ को वार्षिक प्रतिवेदन, आब २०७४–०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभाको अध्यक्ष शुलभ अग्रवालले गरेका थिए ।

Advertisement
Advertisement

कार्यक्रममा मन्तव्य राख्दै यूनियन लाइफले गरेको प्रगती प्रशंसायोग्य रहेको र आगामी दिन प्रभावकारी योजनासहित कम्पनीलाई भरोसायोग्य कम्पनी बनाउने घोषणा गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्णले कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Advertisement
Advertisement

सम्बन्धित समाचार