free website hit counter

आगलागी नियन्त्रण बाहिर, आपतकालीन घोषणा, हजारौं सुरक्षाकर्मी परिचालन

beemaadmin
२०७६ पुष २१, सोमबार

अस्ट्रेलिया । अष्ट्रेलियाको आगलागी नियन्त्रणबाहिर पुग्दा पचासौं करोड जीवजन्तु मरिसकेका छन् भने करोडौं हेक्टर जंगल खरानी बनिसकेको छ । आगलागीबाट पर्यावणीय क्षतिमा ठूलो क्षति व्यहोरेको अस्ट्रेलियामा अहिलेसम्म झण्डै डेढ दर्जन बढी मानिसको मृत्यु भइसकेको एजेन्सीहरुले जनाएका छन् । प्रचण्ड गर्मीका कारण आगलागीको गति अबिरल बन्दा छिमेकी राष्ट्र न्युजिल्यान्डमा समेत असर पुगेको छ ।

दक्षिण–पूर्वी अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएका कारण त्यहाँको सरकारले तेस्रोपटक आपत्कालिन स्थितिको घोषणा गरेको छ। भीषण डढेलोका कारण यहाँको तापक्रम अहिलेसम्मकै उच्च भएको छ। झाडीमा फैलिएको डढेलोका कारण औसत उच्चतम तापक्रम अहिलेसम्मकै उच्च ५० डिग्री पुगेपछि पर्यावरण तथा मौसमविद्हरुसमेत आश्चर्यचकित भएका छन् । पश्चिम सिड्नी क्षेत्र पृथ्वीकै सबैभन्दा तातो ठाउँ बनेको हो।


त्यहाँको मौसम विभागले आउँदा दिनहरूमा उष्णलहर अझ खराव हुनसक्ने पूर्वानुमान गरेको छ। थुप्रै शहरहरूमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ। आगलागीका कारण हजारौँ मानिस घर छोडेर हिँडेका छन्। यहाँ अहिलेसम्म २८ जनाको मृत्यु भएको संचार माध्यमहरूले जनाएका छन्।

आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिएको छ ।  झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले थप सेना परिचालन गर्नु परेको बताइएको छ । यसअघि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। (एजेन्सीहरुको सहयोगमा)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार