free website hit counter

आगलागीका कारण अस्ट्रेलियाको क्यानबेरामा आपतकाल घोषणा

beemaadmin
२०७६ माघ १९, आईतवार

क्यानबेरा । लामो समयदेखिको आगोलागी नियन्त्रणमा आउन नसकेपछि अष्ट्रेलिय सरकारले राजधानी क्यानबेरामा आपतकालिन अवस्था घोषणा गरेको छ । यहाँ लामो समयदेखिको डढेलोले ठूलो धनजनको क्षति भइसकेको छ ।

वनस्पति र वन्यजन्तुको अथाहा क्षति भइसकेको छ । तर, पनि आगलागी नियन्त्रणमा नआएपछि सरकारले राजधानी र यस आसपासको क्षेत्रमा आपतकाल घोषणा गरेको हो । शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा डढेलो नियन्त्रण बाहिर गएको उल्लेख गरेका छन् । यस्तो आपतकालीन अवस्था ७२ घण्टासम्म लागू हुने भएको छ ।

सरकारी अधिकारीलाई सहर खाली गर्न, सडक बन्द गर्न अधिकार दिइएको छ । सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म डडेलो फैलिसकेको छ । डढेलोले ३३ को ज्यान गइसकेको छ । ५० करोडभन्दा बढी पशुपंक्षीको ज्यान भएको तथ्यांक छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार