free website hit counter

आगलागीमा छोरा गुमाएका वडाध्यक्ष पनि रहेनन्

beemaadmin
२०७७ बैशाख १७, बुधबार

गुल्मी । घर आगलागीमा परेर छोरा गुमाएका एक वडाध्यक्षको हृदयघातबाट मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर स्थित घरमा बैशाख ८ गते लागेको आगलागीमा परेर ज्यान गुमाएका १७ वर्षीय समिर खनालका बाबु पूर्णबहादुर खनालको हृदयघातबाट मृत्यु भएको हो । बुधबार नवौं दिनमा किर्तपुरको सामुदायिक अस्पतालमा उपचार गराइरहेका बाग्लुङ्ग वरेङ्ग गाउँपालिका–३ का वडाध्यक्ष खनालको ह्रदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ । ४७ वर्षीय खनालको शान्तिपुरमा रहेको घर संगैको खनाल स्टोर्स पसलमा आगलागी हुँदा साढे दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार