free website hit counter

आचारसंहिताले अस्वस्थ प्रतिस्पर्धा रोक्छ

beemaadmin
२०७६ आश्विन ३, शुक्रबार

भविष्यमा मात्र बीमाको महत्व बुझिन्छ । मान्छेहरूमा यस्तो हुँदै हुँदैन भने किन पैसा खर्च गर्ने भन्ने खालको सोच छ । मैले जे सम्पत्ति कमाएको छु, यदि कुनै पनि दुर्घटना अथवा घाटा आइपर्यो भने मैले कसरी परिपूर्ति गर्ने, त्यही पोजिसनमा कसरी आउने, दैनिकी कसरी चलाउने भन्ने सोच आउनुपर्छ । त्यसलाई पनि खर्चका रूपमा राख्नुपर्छ । एउटा एक डेढ करोड पर्ने घर १५/२० वर्षमा आर्जन गरेको पैसाले बनाइएको हुन्छ, त्यसको चार हजारले जोखिम बहन गर्छ भने किन बीमा नगर्ने । दुघर्टना क्षति होस् भन्ने कसैको चाहना हुँदैन तर भएको खण्डमा कसरी सुरक्षित हुन सकिन्छ भन्ने विचार गरेर नै बीमालाई अगाडि बढाउनुपर्छ ।

समाजमा आर्थिक क्रियाकलाप बढाउनका लागि बीमाको ठूलो भूमिका छ । नेपाल भूकम्पीय जोखिम भएको मुलुक हो । सम्पत्ति बीमाले सबैलाई समेट्छ । भूकम्पको बेला झण्डै १५ अर्बको क्लेम सेटलमेन्ट बीमा कम्पनीहरूबाट भयो । त्यसले गर्दा कम्पनीले तिर्ने रहेछ भन्ने पनि देखियो । दैवी प्रकोपका कारण पनि नेपालमा धेरै क्षति भइरहेको छ । यसको क्षतिपूर्तिका लागि बीमा अपरिहार्य छ । सरकारले पनि नक्सा पास गर्दा, कर तिर्दा घर बीमा अनिवार्य गर्नुपर्ने कुनै कानुन पास गरिदिएको खण्डमा घरको बीमा हुन्छ । राष्ट्रले कुनै क्षति बेहोर्दा कसैको व्यक्तिगत क्षति भए पनि समग्रमा हेर्दा त्यो राष्ट्रको क्षति हो ।

बजारमा बिजनेस दिनेको होडबाजीले गर्दा हामीबीचमै आचारसंहिताको आवश्यकता प¥यो । त्यही आवश्यकताले आचारसंहिता पनि बनेको छ । जुन कार्यान्वयनको चरणमा पुगिसकेको छ । आचारसंहितामा बीमा समितिकै गाइड लाइन छ । हामी सबै मिलेर त्यसलाई पालना गरेर बजारलाई स्वस्थ बनाएर जाउँ भन्ने खालको सहमति मात्रै हो । यसमा उल्टो पाल्टो नगरौँ बरु सर्भिस लेवल बढाउँ । जसले राम्रो सेवा दिन्छ, क्लाइन्ट त्यहाँ नै जान्छ । क्लाइन्टलाई अप्सन दिएर १०० को चिज दशमा दिन्छु भनेर कागजमा त्यही रिस्क लेखेको छ भने किन नाई भन्ने कुरा आउँछ । त्यही कुरालाई रोक्नका लागि हामीले आचारसंहिता तयार पारेका हौं ।

अस्वस्थ प्रतिस्पर्धाले सबै बीमा कम्पनीहरूले गलत बाटोमा गइरहेको महसुस गरेका छन् । त्यसलाई सुधार गर्नुपर्छ भन्ने आवाज उठाएर हामीले त्यहीअनुसार आचारसंहिता बनाएका छौँ । आखिर जसले जसरी लगानी गरे पनि अन्तमा रिटर्न त खोज्छ नै । होइन भने उसले व्यापार किन गर्ने । हामीले पनि केही रिटर्न त दिनुपर्यो । त्यसको मतलब प्रेसर आएर जे पायो त्यही गरेर भएको इन्डस्ट्रिलाई बिगार्ने कुरा हुँदैन । राम्रोसँग व्यावसायिक रूपमा व्यवस्थित गरेर लैजानुपर्यो । बीमा कम्पनीले पनि पुनः बीमा गर्नुपर्छ । पुनः बीमा कम्पनी यहाँ पैसा दिन बसेको होइन । उसले पनि व्यापार गर्न बसेको हो । हाम्रोबाट नाफा भयो भने न उसले राम्रोसँग सेटलमेन्ट गर्ने हो । पहिले सुरक्षा, त्यसपछि रिटर्नका कुरा आउँछ । त्यो कुरा बुझ्न जरुरी छ ।

बैंकास्योरेन्स भनेको दुनियाँमा चलेको कुरा हो । हाम्रोमा बैंकास्योरेन्स याक्ट त छैन तर एजेन्टका रूपमा जुन सेवा उहाँहरूले पु¥याइरहनुभएको थियो, त्यसलाई राष्ट्र बैंकले नगर्नु भन्ने कुरा गर्नु कदापि राम्रो होइन । बाहिरतिर पनि हाम्रो रोजीरोटी खोसियो भनेर एजेन्टहरूले मुद्दा हाल्दा अदालतले बीमा कम्पनीभन्दा बैंकको पहुँच जनताका माँझमा बढी भएको हुँदा बैंकबाट इन्स्योरेन्स बुझ्दा, सर्भिस दिँदा राम्रो हुन्छ भनेको छ । अहिले सामान्यतया बैंकको ३०० वटासम्म सञ्जाल छ । ती सञ्जाललाई प्रयोग ग¥यौँ भने हामी अगाडि पुग्छौँ । जे कुराको पनि सुरुआत गर्दा त्यसमा विकृति देखिन्छ । जबर्जस्ती बिक्री गर्नु राम्रो होइन । एकाधले गरे भन्दैमा त्यसलाई बन्द गर्नु राम्रो होइन ।

राष्ट्र बैंकजस्तो निकायले बीमाको महत्व बुझेन भने हामीले जनतामा झन् कसरी पु¥याउने । कुनै पनि कुरामा विकृति छ भने यसरी गर्न मिल्दैन भनेर नियमन गर्ने हो । बीमा कम्पनीले बिजनेस गर्ने भनेको एजेन्सी वा ब्रोकरमार्फत नै हो । सीधै काम गर्दा कुनै कम्प्लिकेसन आयो भने समस्या हुन्छ तर ब्रोकर मार्फत् जाँदा त्यो सजिलो हुन्छ । त्यसैले बैंकास्योरेन्सलाई रोक्न नहुने हो । बैंकर संघले पनि त्यो कुरा महसुस गरिसकेको छ । (सार्वजनिक अभिव्यक्तिमा आधारित)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार