free website hit counter

आज थपियो अहिलेसम्मकै धेरै कोरोना संक्रमित

beemaadmin
२०७७ असार १९, शुक्रबार

काठमाडौं । कोरोना संक्रमण समाजमा भुसको आगोझैं सल्किँदै गएको छ । दिनदिनै सयौंको संख्यामा संक्रमित भेटिनेक्रम बढेको छ । शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निको हुनेको कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ। विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

काठमाडौं नयाँ बानेश्वरका १ पुरुषको ज्यान कोरोनाले लियो

काठमाडौंको नयाँ बानेश्वरका १ पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको निममित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंको नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार ती व्यक्ति उच्च रक्तचाप र पार्किन्सन समस्या भएका र छातीको दुखाइ र पिसाब कम भएको समस्या लिएर निजी अस्पतालमा गएका थिए । उनले अस्पतालको आइसोलेसनमा राखेर उपचार भएको र उपचारकै क्रममा १७ असारको राति ११ बजे उनको मृत्यु भएको बताए । उनको स्वाबको परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

सम्बन्धित समाचार