free website hit counter

आज धनगढीमा रास्वपाको प्रादेशिक सभा, रवि र बालेनले सम्बोधन गर्ने

beemaadmin
२०८२ फाल्गुन ६, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज कैलालीको धनगढीमा वृहत् जनसभा गर्दै छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनको उपस्थितिमा सभा गर्न लागिएको रास्वपाका नेता कविन्द्र ठकुल्लाले जानकारी दिए। धनगढीको पशुपति टोल महोत्सव स्थल मा हामीले सभापति र वरिष्ठ नेताको जनसम्बोधनसहितको कार्यक्रम राखेका छौँ, नेता ठकुल्लाले भने, सभामा रवि र बालेनसँगै सुदूरपश्चिमका सबैजसो जिल्लाका निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवारले पनि सम्बोधन गर्नुहुनेछ। बुधबार बिहान ११ बजेदेखि सुरु हुने सभामा हजारौँको उपस्थिति रहने उनले बताए। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लामिछाने चितवन २ र बालेन झापा ५ बाट उम्मेदवार छन्। यसअघि रास्वपाले माघ ५ गते धनुषाको जनकपुरधाममा ‘परिवर्तन उद्घोष सभा’ गरेको थियो। सो सभामा पनि रवि र बालेनले सम्बोधन गरेका थिए। जनकपुरको सभापछि बालेनले आज दोस्रोपटक जनसभालाई सम्बोधन गर्न लागेका हुन्। धनगढीको कार्यक्रममा सहभागी हुन लामिछाने कञ्चनपुरबाट आउँदैछन् भने बालेन काठमाडौँबाट धनगढी जाने कार्यक्रम रहेको ठकुल्लाले बताए।

सम्बन्धित समाचार