free website hit counter

आज पनि घट्दा कति पुग्यो सुनको मूल्य ?

beemaadmin
२०७९ भाद्र २८, मंगलवार

काठमाडौं । सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको हो । हिजो तोलामा ३०० ले घटेको सुनको मूल्य आज १०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो । हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै, सो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम छ । यसअघि, विगत ३ दिनदेखि चाँदीको मूल्य स्थिर थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार