free website hit counter

आज पर्यटन बोर्डले नयाँ सीईओ पाउने

beemaadmin
२०७६ माघ ६, सोमबार

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि तीन जनाको नाम सिफारिस भएको छ । सम्भवत आजै बोर्डले नयाँ सीईओ पाउने छ । सूचीको पहिलो नम्बरमा डा. धनन्जय रेग्मी परेका छन् भने दोस्रो नम्बरमा दीपक बस्ताकोटी र तेस्रोमा हिक्मतसिंह ऐर सिफारिश भएका छन् । तीन जनाको नाम सिफारिश हुँदा निवर्तमान सीईओ दीकपराज जोशी भने अटाएनन् । छनोट समितिले आइतबार तीन जनाको नाम संचालक समितिमा पठाउने निर्णय गरेको हो ।
नेपाल भ्रमण वर्षको प्रारम्भिक समयमा ४ वर्षे कार्यकाल पूरा गरेका जोशीलाई संचालक समितिले केही महिना कार्यकाल लम्ब्याउने प्रस्ताव गरेको थियो ।
बोर्डको नयाँ सीईओमा पहिलो नम्बरमा सिफािरश भएका डा. धनन्जय रेग्मीको सम्भावना बढीदेखिएको छ । डा. रेग्मी जलवायु परिवर्तनमा विज्ञ हुन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मानिन्छन् । रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भुगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भुगोल समाजका अध्यक्षका रुपमा कार्यरत छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार