free website hit counter

आज प्रधानमन्त्री दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै

beemaadmin
२०८० पुष १०, मंगलवार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ः०० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। यसअघि दिउँसो ३ः०० बजे सम्बोधन गर्ने भनिए पनि अन्तत समय हेरफेर भए पछि साँझ ५ः०० बजे सम्बोधन गर्न लागेका हुन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। यससँगै उनी तेस्रो पटक मुलुकको प्रधानमन्त्री बने। यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्रीका नियुक्ती भएका एक बर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रको नाममा बिशेष सम्बोधन गर्न लागेका हुन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार