free website hit counter

आज महराको अन्तिम सुनुवाई, तीन दर्जन अधिवक्ताले बहस गर्दै

beemaadmin
२०७६ फाल्गुन ४, आईतवार

काठमाडौं । संसद सचिवालयकी कर्मचारीलाई यौन दूर्व्यवहार गरेको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको आज अन्तिम सुनुवाई हुँदैछ । महराको पक्षबाट ३७ जना बरिष्ठ अधिवक्ताले वकालत गरिरहेका छन् । महराको पक्षबाट भिमार्जुन आचार्य, शेरवहादुर केसी, पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, नेपाल वार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी लगायतका चर्चित अधिवक्ताले समेत बहस गरेका छन् ।

महरा पक्षका कानुनव्यवसायीको बहस सकिए आजै फैसला हुनसक्ने बताइएको छ । उनले बलात्कार प्रयास गरे या नगरेको फैसला हुनेछ। यदि उनी दोषी ठहरिए जेल सजाय तोक्नेछ।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। उनी असोज १९ गते महाअष्टमीका दिन पक्राउ परेका थिए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार