free website hit counter

आज श्रृजनशील लघुवित्तको आईपीओ भर्ने अन्तिम दिन

beemaadmin
२०७९ भाद्र १९, आईतवार

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज भदौ १९ गते अन्तिम दिन रहेको छ। श्रृजनशील लघुवित्तले गत भदौ १५ गतेबाट आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ। श्रृजनशील लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गरिएको छ।
यो लघुवित्तले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

सुगममै छ बीमाकाे व्यवसाय विस्तार

beemaadmin
२०८३ श्रावण २०, बुधबार

नबिल बैंकको नाफामा छलाङ

beemaadmin
२०८३ श्रावण २०, बुधबार

लगानीको वातावरण तर आत्मविश्वासकाे अभाव

beemaadmin
२०८३ श्रावण २०, बुधबार