free website hit counter

आज सूर्या लाइफको विशेष साधारणसभा

beemaadmin
२०७९ श्रावण १९, बिहीबार

काठमाडौं । आज सूर्या लाइफले विशेष साधारणसभा गर्दैछ । कम्पनीले गत जेठ १२ गते ज्योति लाइफसँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेको थियो । कम्पनीको असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको ३२० औ बैठकले साउन १९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।कम्पनीले होटल हैरिसन प्यालेस बजरंगबलीमार्ग विराटनगरमा सभा आह्वान गरेको छ । नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्त गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय अनुमोदनका लागि यो विशेष साधारणसभा आह्वान गरिएको कम्पनीले जनाएको छ । यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई स्वीकृतिका लागि सभामा पेश गर्ने भएको छ । सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्का लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्नेछ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार