काठमाडौं । जेनजी आन्दोलका क्रममा भएको लुटपाट र तोडफोडका कारण राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ३८ करोड रुपैयाँ बराबरको धनमाल लुटपाट भएको गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले खुलासा गरेका छन् । भदौ २३ र २४ गतेको आन्दोलन र प्रदर्शनका क्रममा लुटेरा पस्दा बैंकको सो शाखाबाट १८ किलोग्राम सुन र ५ करोड रुपैयाँ बराबरको रकम गरी कूल ३८ करोड रुपैयाँ बराबरका धनमाल लुटपाट भएको गभर्नर डा। पौडेलले खुलासा गरेका हुन् । उनले एक पडकास्टका क्रममा पाँच करोड नगद र १८ किलो सुन लुटिएको खुलासा गरेका हुन् । उनले सो शाखाबाट ३७र३८ करोड बराबर लुटपाट भएको बताएका हुन् । एक ठाउँमा सिरियस लुटपाट भएको छ। संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा ५ करोड नगद र १८ किलो सुन लुटिएको छ, उनले भने । उनले राष्ट्र बैंकको कोर काम भएको ठाउँमा आक्रमण नभएको भन्दै ६८ वटा कबैंकको शाखा र ६९ वटा एटिएमहरुमा तोडफोड भएको उल्लेख गरेका छन् । उनले लकरमा राखेको र बैंक खातामा रहेको सर्वसाधरणको पैसा सुरक्षित रहेको बताएका छन् ।