free website hit counter

आमाको स्मृतिमा कविता प्रतियोगिता, विजेतालाई १० लाखको बीमा

beemaadmin
२०७८ मंसिर ४, शनिबार

काठमाडौं । आफ्ना बालबालिकाको जन्मदिन, व्रतबन्ध, विवाह उत्सव जस्ता कार्यक्रममा बीमालेख उपहार दिने र भविष्य सुरक्षित गर्ने चलन नेपालमा अब नौलो रहेन । बीमालेख उपहार दिने र भविष्य सुरक्षित गर्ने प्रचलन चलिरहेको बेला बीमा विज्ञ विक्रान्त पाण्डेले भने आफ्नी ममतामयी आमाको ४५औं दिनको पुन्य तिथिमा ‘आमा’ शीर्षकको कविता प्रतियोगिता गरी प्रथम हुनेलाई १० लाखको स्वास्थ्य तथा औषधोपचार बीमा गरिदिने घोषणा गरेका छन् । पाण्डेकी आमा सरिता पाण्डेको, ६५ वर्षको उमेरका असोज २५ गते निधन भएको थियो । स्वगीय पाण्डेका दुई छारा र एक छोरी हुनुहुन्छ । उपलब्ध कविताहरुमध्येबाट विज्ञहरुको टोली बनाई उत्कृष्ट कविताको छनोट गरिने पाण्डेले जानकारी दिनुभएको छ । प्रतियोगिहरुले विक्रान्त पाण्डेको इमेल bikrantpandey3@gmail.com मा कविता पठाउन सक्नुहुन्छ । कविता, आमा शीर्षकमा हुनुपर्नेछ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार