free website hit counter

आरजुले टिकट नपाएपछि देउवा भए ब्याक

beemaadmin
२०८२ माघ ६, मंगलवार

काठमाडौँ । पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनी यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ । देउवा यसपाली अन्तिम पटक उम्मेदवार हुने योजनामा थिए । विषेश महाधिवेशन मार्फत गगन थापा सभापतिमा निर्वाचित भएपछि टिकटकै विषयमा देउवाका प्रतिनिधी र थापाका प्रतिनिधी छलफलमा थिए । मंगलबार दिउसो भएको छलफलमा देउवाका प्रतिनिधीले डा। आरजु राणा, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र मोहन बहादुर बस्नेतलाई टिकट दिनु पर्ने माग राखेका थिए । तर, सभापति थापाका प्रतिनिधीले कुनै पनि काण्डहरुमा जोडिएकालाई टिकट नदिने अडान राखेका थिए । यी चार जनाले टिकट नपाउने पक्का भएपछि देउवाले अन्तिममा चुनाव नलड्ने निर्णय गर्नु भएको हो, स्रोतले भन्यो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फ मुलुकभर मनोनयन दर्ता हुँदैछ ।

सम्बन्धित समाचार