free website hit counter

आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

beemaadmin
२०८१ श्रावण ११, शुक्रबार

काठमाण्डौ । आरती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन ३२ गते शुक्रबारका दिन काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा दिनको २ बजेदेखि ५ बजेसम्म सभा आयोजना निर्णय गरेको हो । उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र सोबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको सेयरपूँजीको समूहगत वर्गिकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र आव २०८०–८१ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा उक्त अवधिको वित्तीय विवरणहरु पारित गरिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार