free website hit counter

आरबीबी मर्चेन्ट बैङ्किङ्ग प्याकुरेलले सम्हाले

beemaadmin
२०७६ कार्तिक २, शनिबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैङ्किङ्ग लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन् ।
अर्थशास्त्रमा स्नातकोत्तर गरी बैङ्किङ तथा पूँजीबजारको क्षेत्रमा १५ वर्षभन्दा बढिको अनुभव संगालेका प्याकुरेल यसअघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धकमा कार्यरत थिए ।
चार वर्षका लागि सो पदमा नियुक्त गरिएका प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले शुक्रबार एक समारोहका बीच पदबहाली गरेका छन् ।
हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैङ्कको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि लिन सकिन्छ । आरबीबी मर्चेन्ट बैङ्किङको हाल २० करोड चुक्तापुँजी छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार