free website hit counter

आर्थिक रुपमा कमजोर प्रत्येक व्यक्तिको पहुँचमा बीमा पुग्नु पर्दछ

beemaadmin
२०८० माघ ८, सोमबार

मञ्जु पुडासैनी, एमडीआरटी क्लब, आईएमई लाइफ

नागार्जुन १ रानीवन बस्ने मञ्जु पुडासैनी शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । त्यसका अलावा समाज शास्त्रमा एमए उत्तीर्ण गरी एम फिल गर्दै आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता बनेर छोटो समयमै एमडीआरटी क्लबमा पुग्न सफल पात्र हुनुहुन्छ । पुडासैनीसँग बीमा व्यवसाय र अभिकर्ताका समस्याका बारेमा गरिएको छोटो कुराकानी

० बीमा अभिकर्ता पेशा रोज्नुको कारण ?

यो पेशामा पैसाको साथै आत्मसन्तुष्टि पनि छ । यो पेशामा लागेपछि मार्केटिङ लगायत धेरै तालिमहरुले आकर्षण बढायो । यो पेशाले छरिएर रहेको पैसालाई एकतृत भई बीमितलाई नियमित बचत र जोखिम बहन भई आर्थिक सुरक्षा प्रदान गर्दछ भने बीमकले व्यापार पाई विविध क्षेत्रमा लगानी गरी रोजगारीको अवसर दिलाउँछ । अभिकर्ताले पनि आम्दानी गर्दछ । उक्त लगानी र आम्दानीको राज्यलाई कर बुझाई अर्थतन्त्रमा टेवा पुगी असल नागरिकको भूमिका निर्वाह गरिन्छ ।

० छोटो समयमा नै यो पेशामा कसरी सफल हुनुभयो ?

मैले समाजमा जे योगदान गरें, संघर्ष गरे त्यसैको प्रतिफलले गर्दा एमडीआरटी हुन सफल भएँ भने लामो समयको पब्लिक रिलेशन, सकारात्मक सोच र निरन्तरता पनि प्रमुख कारण हो ।

० शिक्षण पेशा र बीमा अभिकर्तामा के फरक पाउनुभयो ?

शिक्षण पेशा मर्यादित भए पनि जटिलता उत्तिकै छ र निश्चित सीमा भित्र रहेर काम गर्नु पर्दछ भने यो पेशा आफू आनुकुल गर्न सकिन्छ । कुनै पनि समयमा फ्रि तरिकाले काम गर्न पाइन्छ । कसैको अण्डरमा काम गर्नु पर्दैन । समय समयमा तालिम हुन्छ, जसले कार्यक्षमता वृद्धि गरी व्यवसाय विस्तारमा सहयोग पुग्दछ र विविध सुविधाहरु उपलब्ध हुँदा आनन्द लाग्छ ।

० तपाईंको अनुभवमा ठूलो बीमाङ्कको बीमालेख बिक्री गर्दा र सानो बीमाङ्कको बीमालेख बिक्री गर्दाको अन्तर के पाउनु हुन्छ ?

ठूलो बीमालेख बिक्री गर्दा सबैको पहुँच नपुग्न सक्छ र बीमालेख नविकरण हुने सम्भावना कम हुन्छ । मेरो अनुभवमा पनि ठूलो बीमालेखको बीमाशुल्क उठाउन गाह्रो परेको छ । त्यसले गर्दा सबैको पहुँचमा पुग्ने गरी १०–२० लाखको बीमालेख बिक्री गर्दा राम्रो हुन्छ । आर्थिक रुपमा कमजोर, न्यून, मध्यम वर्गीय परिवारमा वा व्यक्तिलाई थोरै शुल्कले जोखिम बहन भई आर्थिक सुरक्षा प्रदान गरी नियमित बचत पनि हुन्छ । सानो बीमालेखका ग्राहक पनि इमान्दार हुन्छन्, बीमालेख नियमित भई समर्पण हुने सम्भावना कम हुन्छ ।

० ठूलो बीमाङ्क रकमको बीमालेख निस्क्रिय हुने, समर्पण हुने र चुक्ता बीमालेखमा परिणत हुने सम्भावना बढी रहँदा आफ्नो ग्राहकलाई के कस्तो सल्लाह दिनुहुन्छ ?

आर्थिक अवस्था हेरेर र न्यूनतम आवश्यकता पहिचान गरेर सकभर परिवारका सबै सदस्यको बीमा गर्न सल्लाह दिन्छु । सामान्य व्यक्तिको कम्तिमा एक महिनाको कमाई वा तलब बचत गरी बीमा गर्न सल्लाह दिन्छु ।

० ग्राहकको धारणा कस्तो पाउनुभएको छ ?

नकारात्क धारणा बढी भेटिन्छ । आलटाल गरिरहन्छन् । बीमाको दायराभित्र ल्याउनै गाह्रो हुन्छ । अझै पनि आम मानिसमा बीमा आवश्यकता हो भन्ने सोचको विकास भएको छैन ।

० यो कम्पनी नै रोज्नुको कारण के हो ?

यस कम्पनीका प्रडक्टहरु उत्कृष्ट छन् । हाम्रो कम्पनीका कार्यकारी अधिकृत (सिइओ) कवि फुयाल सर युवा, ऊर्जासिल, मिलनसार, सरल, स्वभाव र हार्दिक प्रकृतिको हुनुहुन्छ र अन्य कर्मचारीहरु पनि सहयोगी हुनुहुन्छ । राइडरहरु पनि अन्य कम्पनीको भन्दा राम्रा छन् । जसले गर्दा सबैको पहुँचमा पुग्न सकिन्छ । यी सबै कारणहरुले गर्दा यो कम्पनी मेरो रोजाईमा परेको हो ।

० अन्त्यमा केही भन्नु छ ?

बीमा भनेको स्मार्ट सेभिङ हो । जसले जोखिम बहन पनि गर्छ । न्यून मध्यम वर्गीय व्यक्तिले आफ्नो क्षमता अनुसारको बीमा गर्नैपर्छ । जो ऋणी छ उसले पनि ऋणभारबाट मुक्त हुन बीमा गर्नु जरुरी छ । आर्थिक रुपमा कमजोर प्रत्येक व्यक्तिको पहुँचमा बीमा पुग्नु पर्दछ । यसमा राज्यको पनि योगदान हुन जरुरी छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार