free website hit counter

आर्थिक वर्षको शुरुआतमै घट्यो ब्यादजर

beemaadmin
२०८१ असार ३१, सोमबार

काठमाण्डौ । आर्थिक वर्षको शुरुवात साउन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । देशका २० वटा वाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.७४ प्रतिशत कायम भएको छ । असार महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८७ प्रतिशत थियो । यसरी साउन महिनाका लागि बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ । यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औषत ब्याजदर ५.४८ प्रतिशत कायम भएको छ । जुन गत महिनाको तुलनामा ०.१२ प्रतिशतविन्दुले कम हो । असार महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत थियो । साउन महिनाका लागि २ वटा बैंकले मात्रै ब्याजदर बढाएका छन् भने १३ वटाले घटाएका छन् । यस्तै ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् । कुन बैंकको ब्याजदर कति ?

 

नेपाल बैंक लिमिटेड
बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकको व्यक्तिगततर्फ अधिकतम ६.७५ र संस्थागतर्फको अधिकतम ४.७५ प्रतिशत ब्याजदर कायम थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फ दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको थियो ।

एनआईशी एशिया बैंक
एनआईसी एशिया बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.५३ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

कुमारी बैंक
कुमारी बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागतर्फ ५.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.७६ प्रतिशत र संस्थागतर्फ ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले साउन महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४।७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

प्रभु बैंक

प्रभु बैंकले भने व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७।५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एभरेष्ट बैंक

बैंकले साउन महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ ६.३० र संस्थागततर्फ अधिकतम ५.३० प्रतिशत ब्याजदर तोकेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.७५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

एनएमबी बैंक

बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५३ प्रतिशत र संस्थागततर्फ ६.५३ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

हिमालयन बैंक

हिमालयन बैंकले पनि साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५०० प्रतिशत र संस्थागततर्फ ६.५०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिएको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको छ । असार महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

सानिमा बैंक

सानिमा बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ । जुन असार महिना क्रमशः ६.८ र ५.८ प्रतिशत कायम रहेको थियो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले साउन महिनाका लागि ब्याजदरमा कटौति गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

माछापुच्छ्रे बैंक

साउन महिनाका लागि बैंकले ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३० प्रतिशत र संस्थागततर्फ ५.३० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले साउन महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६।५० प्रतिशत र संस्थागततर्फ ५।५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक

बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर दिएको थियो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।

नबिल बैंक

साउन महिनाका लागि नबिल बैंकले पनि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार