काठमाडौं । बम विष्फोटका घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा कारागारमा रहेका पूर्वमन्त्री मोहम्मद आफताव आलमको रौतहट स्थित घरमा प्रहरीले राति छापा मारेको छ। मध्यरातमा प्रहरी बम प्रकरणमा मुछिएका अभियुक्त महताव आलमलाई पक्राउ गर्ने प्रहरी रौतहटको राजपुरस्थित आलमको घरमा पुगेको थियो। तर घरमा प्रहरी छापा मार्न तथा पक्राउ गर्न आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए। स्थानीयको अवरोधलाई हटाउन प्रहरीले १२ राउण्ड हवाइ फायर समेत गरेको थियो। ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोबिन्द पुरी र ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक सहितको १० भ्यान प्रहरी टोली महताबलाई नियन्त्रणमा लिन बिहीवार राति १२ बजे अफताब आलमको घर राजपुर–४ राजपुर फरहदवाको घरमा पुगेको थियो। प्रहरीलाई अफतावका भाइ महताव आएको सूचना प्राप्त भएको थियो। तर, घरमा छापा मार्दा भाइ महताव फेला परेनन्।