free website hit counter

इंगेजमेन्ट तोडिएपछि गायिकालाई पत्ता लाग्यो आफू महिला नभएको कुरा

beemaadmin
२०७८ जेष्ठ ९, आईतवार

एजेन्सी । हाम्रो समाजमा पनि टिकाटालो (इन्गेजमेन्ट) पछि विभिन्न कारणले विवाह रोकिने घटना यदाकदा सुनिने गरेका छन् । विश्वप्रसिद्ध ‘गाविका’ डिमी लोभाटोले आफनो जीवनको बारेमा निकै ठूलो खुलासा गरेका छन् । उनले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफू नन बाइनरी भएको बताएका छन् । नन बाइनरी भनेको यस्तो लिंग हो जुन महिला पनि होइन र पुरुष पनि होइन । उनले आफ्नो लागि अब तटस्थ सम्बोधन दे वा देम प्रयोग गर्ने पनि बताएका छन् । उनलाई अहिलेसम्म महिला गायिकाको रुपमा चिनिँदै आइएको थियो तर यो खुलासासँगै अब उनलाई महिला वा पुरुष सम्बोधन नभइ नपुंसक लिंगी सम्बोधन गर्नुपर्नेछ । डिमीले आफ्नो पडकास्ट सिरिज फोरडीमा यसबारेमा कुरा गरेका छन् । डिमीले भिडियोको क्याप्सनमा लेखेका छन् ‘हरेक दिन बिहान हामी उठ्छौं, हरेक दिन हामीले मौका पाउँछौं कि हामी त्यो बन्न सकौं जो हामी बन्न चाहन्छौं र जसको इच्छा हामी राख्छौं । तपाइँले राम्रो, नराम्रो र त्यसको बीचको सबथोक देख्नुभएको छ । मेरो जीवन मेरो लागि एक यात्रा मात्र रहेन म त्यसको लागि पनि गइरहेको थिएँ जो क्यामेराको अर्कोपट्टी थियो ।’

उनले अगाडि लेखेका छन् ‘आज त्यो दिन हो जब म मेरो जीवनको ठूलो हिस्सा तपाइाहरुसँग साझा गर्न जाँदैछु । म यो कुरा बताउँदै गर्दा धेरै खुसी छु कि मेरो पहिचान नन बाइनरीको रुपमा छ र म आधिकारिक रुपमा आफ्नो सर्वनामलाई दे र देममा बदलिरहेको छु । यो धेरै उपचार र आफूमा काम गरेपछि हुन सकेको हो । म अहिले पनि धेरै कुरा सिक्दैछु र आफूलाई एक प्रवक्ता र विशेषज्ञ सम्झिन्न ।’ उनले आफ्नो जीवनको वास्तविकता सार्वजनिक गर्न नसक्नेहरुका लागि आफूले यो खुलासा गरेर हौसला दिएको बताएका छन् । गएको मार्चमा डिमीले म्याक्स एहरिचसँग आफ्नो इंगेजमेन्ट टुटेपछि आफूले आफ्नो यौनिकताबारे ठूलो संकेत पाएको र सोच्न बाध्य भएको बताएका थिए । म्याक्ससँग डिमीको सम्बन्ध २०२० मा सुरु भएको थियो । यी दुईको इंगेजमेन्ट जुलाइमा भएको थियो र सेप्टेम्बरमा इंगेजमेन्ट टुटेको थियो ।

डिमीले ग्ल्यामरसँग कुरा गर्दै भने ‘जब म हुर्किरहेको थिएँ त्यतिबेला म कति फरक छु भन्ने थाहा भएन । गत वर्ष एक पुरुषसँग मेरो इंगेजमेन्ट भयो र सम्बन्ध चलेन । यो ठूलो संकेत थियो ।’ यसअघि २०१९ मा गायक साम स्मिथले पनि आफू नन बाइनरी भएको खुलासा गर्दै तटस्थ लैंगिक सर्वनाम प्रयोग गर्न सुरु गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार