free website hit counter

इजरायली प्रधानमन्त्री नै आइसोलेसनमा

beemaadmin
२०७६ चैत्र १७, सोमबार

एजेन्सी। कोरोना भाइरसको संक्रमणले विश्वलाई नै आतंकित बनाएको छ । साना ठूला कसैलाई यसले छाडेको छैन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्नेछन् ।
नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । पाउक गत साता संसद्मा नेतान्याहूसँगै उपस्थित भएका थिए । इजरायलमा अहिलेसम्म कोरोना भाइरसको ४ हजार २४७ संक्रमित देखिएका छन् । जसमध्ये १५ जनाले यो भाइरसबाट ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार