free website hit counter

इन्स्योरेन्स एसिया अवार्ड्सः नेपालबाट तीन बीमकले जिते उपाधि

beemaadmin
२०८१ असार २७, बिहीबार

काठमाडौं । सिंगापुरमा साउन २५ गते मंगलबार सम्पन्न इन्स्योरेन्स एसिया अवार्ड्स–२०२४ मा नेपालबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स र मेटलाइफ नेपालले २–२ वटा विधामा उपाधि हात पार्न सफल भएका छन्। इन्स्योरेन्स एसिया म्यागेजिनले गरेको सो अवार्ड सिंगापुरको मेरिना बे स्ट्यान्ड्स एक्सो एन्ड कन्भेन्स सेन्टरमा भएको विशेष कार्यक्रममा हिमालयन एभरेष्टले ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘स्ट्राटेजिक पार्टनरसिप अफ दि एअर’ अवार्ड हात पार्न सफल भएको छ। यसैगरी मेटलाइफले ‘डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ दि एअर’ र ‘मार्केटिङ इनिसिएटिभ अफ दि एअर’को उपाधि हासिल गरेको छ। कार्यक्रममा नेपालबाट सम्मानित हुनेमा हिमालयन एभरेष्ट र मेटलाइफ दुई कम्पनीमात्र छन्। अन्य विभिन्न विधामा विभिन्न देशका इन्स्योरेन्स कम्पनीले उपाधि हासिल गरेका छन्। एसिया प्यासिफिक क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्ड कार्यक्रम ‘इन्स्योरेन्स एसिया अवार्ड्स’ले उत्कृष्ट कोशेढुंगाहरु हासिल गर्ने, नयाँ बेन्चमार्कहरु स्थापित गर्ने र उद्योगमा उल्लेखनीय नवीनता प्रदर्शन गर्ने बीमा कम्पनीहरुलाई मान्यता दिएको छ। उदीयमान जोखिम र विकसित ग्राहक अपेक्षाका साथ प्रतिस्पर्धात्मक रहन र असाधारण मूल्य प्रदान गर्न बीमकका लागि नवीनता महत्वपूर्ण छ। नयाँ प्रविधि र दृष्टिकोण अँगालेर बीमकले ग्राहकको आवश्यकता पूरा गर्न र वृद्धिका लागि नयाँ अवसर खोल्न सक्छन्। प्रतिस्पर्धात्मक परिदृश्यमा गति कायम राख्ने असाधारण बीमाकको सम्झना गर्दै इन्स्योरेन्स एसिया अवार्ड्सले आफ्नो नवौँ संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको हो। यस वर्षको कार्यक्रमले बीमा उद्योगका चुनौतीहरुको सामना गर्ने कम्पनीहरुको असाधारण कडा परिश्रम, समर्पण र रचनात्मकतालाई प्रदर्शन गरेको थियो। यसले ग्राउन्डब्रेकिङ पहलहरुमार्फत परम्परागत सीमाहरुलाई पुनः परिभाषित गर्ने र आफ्ना ग्राहकमा गहिरो प्रभाव पार्ने कम्पनीहरुलाई प्रदर्शन गर्दै बीमा क्षेत्रको नवीन भावनालाई सम्मान गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार