free website hit counter

उखु र दूध किसानको बक्यौता भुक्तानीका लागि रकम निकासा

beemaadmin
२०८१ आश्विन १२, शनिबार

काठमाण्डौ । सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउन रकम निकासा गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको पहलमा दुध तथा उखु किसानका लागि झण्डै २ अर्ब रुपियाँ निकास गरिएको मन्त्रालयले जनाएको छ । दुध किसानहरूको बक्यौता रकम तिर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको छ । कृषि मन्त्रालयले जिल्लाका उखु किसानले पाउनुपर्ने १ अर्ब ४५ करोडभन्दा बढी रकम रकमान्तर गरी भुक्तानीका लागि जिल्लाहरूमा पठाएको जनाएको छ । त्यसका लागि महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी शुक्रबारनै सम्बन्धी जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पठाएको छ ।

सम्बन्धित समाचार