free website hit counter

उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सम्झौता

beemaadmin
२०७६ कार्तिक ९, शनिबार

काठमाडौं । नेपालका लगानीको वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका गैरआवासीय नेपाली संघ र नेपाल उद्योग परिसंघबीच नेपालमा लगानी प्रर्वद्धन गर्ने सहमति भएृको छ । विदेशमा नेपाली उत्पादनको प्रर्वद्धन गरि निर्यात व्यापार अभिवृद्धि गर्न उद्योग परिसंघ र गैरआवासी नेपाली संघले सहमति गरेका हुन् ।
गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले नेपालको उत्पादनमुलक क्षेत्रमा गैरअवासीयहरुको तथा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन संघले परिसंघसँग सघन सहकार्य गर्न अग्रसरता लिएको उल्लेख गरे ।नेपाल उत्पादन तथा ब्राण्ड र पर्यटन प्रर्वद्धनमा आपसी सहकार्य फलदायी हुने विस्वास पनि अध्यक्ष पन्तले गरे ।
सो अवसरमा नेपाल उद्योग परिसंघले गैरआवासीय नेपाली संघको नेतृत्वलाई परिसंघको कार्यालयमा स्वागत गर्दै नेपालमा गैरआवासीय नेपालीहरुको लगानी प्रवर्धन गर्ने, औद्योगिक विकासमा सिप तथा प्रविधि हस्तान्तरण गर्ने र विदेशमा नेपाली वस्तु तथा सेवाको निर्यातका लागि सहकार्यको आवश्यकता रहेकोले मिलेर काम गर्न सकिने जानकारी गराएको छ ।
सो अवसरमा परिसंघका अध्यक्ष मोरले लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, बैंकिङ, आधुनिक कृषि तथा सञ्चार प्रविधि लगायतका क्षेत्रमा गैरआवासिय नेपालीहरुको लगानी रहेको भन्दै थप लगानी तथा साझेदारी बढाउन आग्रह गरे । औद्योगिक क्षेत्रमा लगानी बढाउँदा नेपालको अर्थतन्त्र सबल हुने र रोजगारी विस्तार हुने भएकाले गैरआवासिय नेपालीहरुले परिसंघसँग गरेको सहकार्य परिणामुखी हुनेमा विश्वश्त रहन पनि अध्यक्ष मोरले आग्रह गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार