free website hit counter

उपकार लघुवित्तले बोलायो साधारणसभा

beemaadmin
२०८१ मंसिर ३०, आईतवार

काठमाडौं । मर्जरको प्रस्ताव राखेर उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तको सभा पुस २४ गते होटल सेन्टर प्लाजा, कोहलपुर, बाँकेमा बिहान ११ बजेदेखि शुरु हुनेछ । कम्पनीले यसपटक लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । लघुवित्तको विशेष प्रस्तावमा अन्य लघुवित्त संस्थासँग मर्जर र सोसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव तय भएको छ ।
त्यस्तै, सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार