free website hit counter

ऋणको फाइदा जाँच्ने क्याल्कुलेटर

beemaadmin
२०७७ श्रावण २२, बिहीबार

काठमाडौं । कोरोना कहरले बैंकहरुमा तरलताको अवस्था आएपछि सबैले कर्जाको ब्याजदर घटाएका छन् । यही बेला एनआइसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट कति फाइदा लिन सकिन्छ भन्ने बारे आम ग्राहकलाई जानकारी दिनका लागि ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ ।

देशको बैङ्किङ इतिहासमै पहिलो पटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनेफिट क्याल्कुलेटर’बाट हेर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीहरूले यस बैंकको वेबसाइटमा गएर ‘लोन बेनेफिट क्याल्कुलेटर’मा गई वर्तमान अवस्थामा आफुले उपभोग गदै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सक्ने बताइएको छ ।

सो ‘लोन बेनेफिट क्याल्कुलेटर’मा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सकिन्छ । आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सकिन्छ ।

ग्राहकहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ ।

सम्बन्धित समाचार