free website hit counter

ऋणमा डुबेपछि वडाध्यक्षले जीवन त्यागे

beemaadmin
२०७६ माघ ४, शनिबार

काठमाडौं । बैंकबाट लिएको ऋण तिर्न बैंकले लगातार ताकेता गरेपछि एक जना जनप्रतिनिधिले जीवन नै समापत पारेका छन् । कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको छ। सुर्खेतको मेहलकुना जान्छु भन्दै घरबाट निस्केका ६८ वर्षीय खड्का भारतको बहराइचस्थित शंकर होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए।

घटनाको अनुसन्धान गरेको भारतीय प्रहरीले उनी बसेको होटलको कोठाबाट खड्काले लेखेको ‘सुसाइड नोट’ बरामद गरेको छ। भारतीय प्रहरीका अनुसार सुसाइड नोटमा एक बैंकमाथि गम्भीर आरोप लगाउँदै उसैले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख छ। भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गर्न विष सेवन गरेको खुलेको छ। आफन्तका अनुसार खड्काले गत वर्ष बैंकबाट २० लाख रुपैयाँ ऋण लिएका थिए। बैंकले किस्ता तिर्न बारम्बार ताकेता गरेपछि उनी तनाबमा थिए। खड्काको मृत्युको खबर आएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कोहलपुर नगरपालिकाको टोली बहराइच पुगेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार