free website hit counter

एक करोडको बीमा पोलिसी भात खुवाइमा उपहार

beemaadmin
२०७७ पुष १०, शुक्रबार

काठमाडौं । नवजात शिशुलाई बाबु आमाले ५०/५० लाखको उपहार दिएको सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो उपहार नगद नभई बीमालेख हो । अहिले आफ्ना आफन्तलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।

प्रविधिले समाजलाई परिवर्तन गर्दैै लगेको छ । अहिले दिइने उपहार पहिले जस्तो छैन । समयले परिवर्तन गराएको छ । डिजिटल भुक्तानीको बढावा हुँदै जाँदा नगदको कारोबार पनि साँघुरिँदै गएको छ । जन्मदिन, विवाहउत्सव, जस्ता अवसरहरुमा आफ्ना मान्छेलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ ।

पछिल्लो समय जिन्सी, नगद र अन्य उपहार भन्दा आफ्नो बच्चाको भविष्य सुरक्षित बनाउन अभिवाकहरुले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। यसैक्रममा सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका १ निवासी नविन श्रेष्ठ र सोविना राई श्रेष्ठले आफ्नी छोरीलाई अन्न प्राशन (भात खुवाई) को अवसरमा आईएमई लाइफको ५०/५० लाख कूल एक करोड रुपैयाँको आईएमई लाईफ इन्स्योरेन्सको बाल उज्वल बीमा पोलिसी उपहार दिएका छन् ।

छोरीको अन्नप्राशनको अवसर पारेर उक्त दम्पत्तिले जनही ५०/५० लाख रुपैयाँको दुईवटा जीवन बीमा पोलिसी उपहार दिइएको आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर नगेन्द्र कुमार श्रेष्ठले बताएका छन् । उक्त पोलिसी कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर नगेन्द्र श्रेष्ठले कुमार श्रेष्ठ परिवारलाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार