काठमाडौं । लगातार उकालो यात्रामा लागेको सुनको मूल्य पुस महिनाको पहिलो दिन सुनको मूल्य १ लाख रुपैयाँभन्दा तल झरेको छ। मंसिर २८ गते, १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन, सोपश्चात ओरालो लाग्न थालेको हो। अघिल्लो कारोबार दिन १ लाख ३०० रुपैयाँमा कारोबार भएको यस्तो सुन यस दिन प्रतितोला ४०० रुपैयाँ घटेर ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुनको मूल्य पनि ४०० रुपैयाँ घटेर ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १० रुपैयाँ घटेको हो।