free website hit counter

एक वर्षमा ५.४२ अर्ब बीमाशुल्क संकलन, ४.९६ अर्ब रुपैयाँ दाबी भुक्तानी

beemaadmin
२०८३ श्रावण ८, शुक्रबार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको जनाएको छ। कम्पनीले सोही अवधिमा ४ अर्ब ९६ करोड रुपैयाँ दाबी भुक्तानी गर्दै सेवा प्रवाह र ग्राहकप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको हो।

कम्पनीका अनुसार पछिल्ला केही वर्षमा व्यवसाय विस्तार, सेवा सञ्जाल सुदृढीकरण तथा ग्राहक पहुँच विस्तारमा उल्लेखनीय प्रगति भएको छ। साथै, दाबी भुक्तानी क्षमतामा समेत वृद्धि गर्दै बीमितप्रतिको विश्वासलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ।

Advertisement
Advertisement

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले ग्राहक, अभिकर्ता, व्यावसायिक साझेदार, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

Advertisement
Advertisement

उनले निरन्तर प्राप्त विश्वास र सहयोगले कम्पनीलाई अघि बढ्न प्रेरणा दिएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा, छिटो दाबी भुक्तानी, नवीन बीमा समाधान तथा ग्राहककेन्द्रित सेवामार्फत ग्राहकको विश्वासलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीले आगामी दिनमा प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन र नवीन बीमा समाधानलाई प्राथमिकता दिँदै ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउने तथा नेपालको बीमा क्षेत्रको दिगो विकासमा आफ्नो योगदानलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार