free website hit counter

एक सातादेखि घरमै आराम गर्दै प्रचण्ड

beemaadmin
२०७६ फाल्गुन २५, आईतवार

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल मौसमी रुघाखोकी कारण निवासमै आराम गरिरहनुभएको छ । ललितपुरस्थित खुमलटार निवासमा आराम गरिरहनुभएका प्रचण्डले अत्यावश्यक भेटघाटबाहेकका कार्यक्रममा जानुभएको छैन । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएकै दिनदेखि सत्तारुढ उहाँ पनि निवासमा आराम गर्न थाल्नुभएको हो । रुघाखोकीकै बीचमा प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल आउनुभर्एका प्रचण्ड त्यसपछि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति घरमै बसेर बुझिरहनुभएको बताइएको छ । केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र उहाँले भेटघाट गरिरहेको बताइएको छ । कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेलालगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले उहाँले आराम गर्ने मौका पाउनुभएको बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार