free website hit counter

एकै पटक हटाइयाे यति धेरै उपत्यकाका घुमुवा

beemaadmin
२०७६ चैत्र २, आईतवार

काठमाडौं । प्रहरी हाकिमहरुको आम्दानीको श्रोत बनेका राजधानीका घुमुवा एकाएक हटाइएका छन् ।  घुमुवामार्फत् व्यवसायीलाई दुःख दिएर पैसा उठाएको आरोप चौतर्फी रुपमा प्रहरीले सहिरहेको बेला एकाएक यस्तो निर्णय आएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरमा लामो समयदेखि सादा पोशाकमा कार्यरत १७ अधिकृत र ५७ जवानसहित ७४ जनालाई सो जिम्मेवारीबाट हटाइएको हो । उनीहरुबाट सताइएकाहरुको गुनासो तथा उल्लेखनीय कार्य गर्न नसकेका कारण सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगंजमा पठाइएको हो ।

प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्य गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् । अब सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मुलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार