काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला १० हजार १०० रुपैयाँले घटेको छ।
मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर २ लाख ९१ हजार ८०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९२५ रुपैयाँ कायम थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्। पछिल्लो गिरावटसँगै सुनचाँदी खरिद गर्न चाहने उपभोक्ताका लागि बजार केही सहज बनेको छ।