free website hit counter

एटीएमबाटै निकाल्न मिल्ने भयो एक लाख

beemaadmin
२०७६ पुष १९, शनिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै अब एटीएम कार्ड प्रयोग गरी प्रतिदिन एक लाखसम्म निकाल्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी एक पटकमा न्यूनतम ५०० रुपैयाँदेखि अधिकतम २५ हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था गरेको छ। यसअघि एक पटकमा २० हजार रुपैयाँ गरी प्रतिदिन ६० हजार रुपैयाँमात्र निकाल्न पाइने व्यवस्था थियो।

गत भदौमा ह्याकरहरुले विभिन्न बैंकका एटीएमहरु प्रयोगगरी करोडौँ रुपैयाँ थुतेपछि केन्द्रिय बैंकले एटीएमबाट निकाल्न पाउने रकमको सीमा घटाएर २० हजार तोकेको थियो ।  प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम एक लाखसम्मको कार्ड जारी गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

Advertisement
Advertisement

त्यस्तै, क्रेडिट कार्डबाट सामान्यतयः नगद कारोबार गर्न नपाइने भएपनि ग्राहकलाई अत्यावश्यक परेमा कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

Advertisement
Advertisement

यसैगरी नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ्गको दायरालाई पनि फराकिलो पारिदिएको छ । मोबाइल बैंकिङ्गबाट अब प्रतिदिन ५० हजार रुपैयाँसम्म कारोबार गर्न सकिने भएको छ। राष्ट्र बैंकले क्युआर कोड समेत गरी दैनिक ५० हजार रुपैयाँको सीमा निर्धारण गरेको हो। राष्ट्र बैंकले मोबाइल बैंकिङ्गबाट प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ।

यस्ताे छ व्यवस्था

सम्बन्धित समाचार