free website hit counter

एनआइसी ग्राहकहरुलाई वाल क्लाइम्बिङमा पनि छुट

beemaadmin
२०७६ फाल्गुन १७, शनिबार

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा मात्रै होइन, ग्राहकलाई सेवा दिने सवालमा पनि उत्तिकै अग्रणी मानिएको वित्तीय कम्पनी एनआइसी एसिया बैंक लिमिटेड र अष्ट्रिक क्लाइम्बिङ वाल प्रालिबीच सेवामा विशेष छुट उपलब्ध गराउने समझ्दारी भएको छ । उक्त समझ्दारीपत्रमा बैंकको तर्फबाट बैंकका बागमती प्रदेश डिजिटल सेल्स प्रमुख राम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घलेले हस्ताक्षर गरेका छन्। उक्त समझदारीअनुसार यस बैंकका ग्राहकहरुले बैंकको डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ ।

साथै बैंकका  कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझ्दारीअनुसार ५० प्रतिशत छुट हुने जनाइएको छ । उक्त सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझ्दारीले यस खेलमा रमाउन चाहने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । त्यस्तै बैंकले डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीहरुलाई कार्ड तथा मोबाइल बैंकिङका माध्यामबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटाभन्दा बढी मर्चेन्टहरुबाट आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ । उक्त छुट देशभर रहेका विभिन्न ख्यातिप्राप्त अस्पतालहरु, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरुबाट सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार