free website hit counter

एनआईसी एशिया बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८१ फाल्गुन २३, शुक्रबार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा फागुन २२ गते, बिहीबार काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । बैंकको साधारण सभाले प्रति शेयर १०० रूपैयाँका दरले ५ अर्ब रूपैयाँ बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । आज सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी ५ अर्ब रूपैयाँ बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । यसका साथै, बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार