free website hit counter

एनआईसीका ग्राहकलाई भाटभटेनीमा छूट

beemaadmin
२०७६ आश्विन ६, सोमबार

काठमाडौं । चाड पर्व नजिकिँदै जाँदा विभिन्न अफरहरु सार्वजनिक भइरहेका छन् । दशैं–तिहारको अवसर पारेर एनआईसी एशिया बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट दिने व्यवस्था गरेको छ ।
एनआईसी एशिया बैंक र भाटभटेनी सुपरमार्केटबीच एनआईसी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम १००० रुपैयाँ सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने एनआईसीका ग्राहकहरुले उपरोक्त छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै यस बैंकमा खाता नभएका इच्छुक महानुभावहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोली इन्स्ट्यान्ट कार्ड प्राप्त गर्न पनि सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले हस्ताक्षर गरे । यो योजना असोज ८ गतेदेखि कार्तिक १६ गतेसम्म लागू हुने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार