free website hit counter

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्तले नोक्सानी व्यहोर्नु परेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.४४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३१.११ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १ करोड ६१ लाख रुपैयाँ धनात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७ करोड ५० लाख रुपैयाँ ऋणात्मक भएको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक रहेको छ। ७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार