free website hit counter

एनएमबिले ल्यायो समृद्ध गण्डकी बचत योजना

beemaadmin
२०७६ कार्तिक २०, बुधबार

काठमाडौं । ओम डेभलपमेन्ट बैंक मर्जरमा गएका एनएमबि बैंकले गण्डकी प्रदेशका ग्राहकहरूलाई विशेष लक्षित गरेर नयाँ बचत खाता एनएमबि समृद्ध गण्डकी बचतको घोषणा गरेको छ शाखाका आधारमा गण्डकी प्रदेशमा यस बैंक सबैभन्दा ठूलो हो
। यस प्रदेशमा मात्रै बैंकका ३९ शाखा छन् भने देशभरि १६३ शाखा, १२८ एटीएमहरू र ५ एक्सटेन्सन काउन्टरहरू रहेको बैंकले जनाएको छ । एनएमबि बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म बैंक अफ द इयर सम्मान समेत जितिसकेको छ ।
एनएमबि र ओमबीचको संयुक्त कारोबार ११ असोजबाट सञ्चालन भइसकेको छ । यो बचत खाताले खातावालाको श्रीमान–श्रीमती र निजको दुई जनासम्म बालबालिकाका लागि १ लाख रुपैयाँसम्मको औषधी उपचार बीमा र थप १० लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमासहितका आकर्षक विशेषताहरूको प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार