free website hit counter

एनएमबीलाई जर्मन टभ राइल्यान्ड आइएसओ

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

काठमाडौं । एनएमबी बैंकले आफ्नो सेवालाई सुरक्षित र व्यवस्थित गरेबापत जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः २०१३ प्रमाणपत्र पाएको छ । बैंकले आफ्नो कार्य प्रणालीलाई व्यवस्थित र सुरक्षित गरेको आधारमा टभ राइल्यान्ड प्रमाणपत्र प्राप्त गरेको हो ।

आईएसओ प्रमाणपत्र पाएसँगै एनएमबी राइल्यान्डबाट प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक भएको छ । डाटा तथा सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनमा बैंक उत्कृष्ट देखिएकाले सो प्रमाणपत्र प्रदान गरिएको राइल्यान्डले बताएको छ ।

टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्ट गटफ्रिद फरम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई आईएसओ प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । निरीक्षण सेवा र आईएसओ प्रमाणिकरणमा विश्व मान्यता प्राप्त राइल्यान्ड १४५ वर्ष पुरानो र अग्रणी संस्था हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार