free website hit counter

एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान

beemaadmin
२०८१ आश्विन १८, शुक्रबार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो । सभा कात्तिक ७ गते, आम्रपालि ब्याङ्केट, बालुवाटार, काठमाडौंमा बिहान १० बजे बस्नेछ । सभाले पुँजी वृद्धि गर्न हाल कायम रहेको चुक्ता पुँजीको ६२।५६ प्रतिशतले हुन आउने ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते एक दिन बुकक्लोज गर्नेछ । अतः असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्र उक्त सभामा सहभागि हुन पाउनेछन् ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार