free website hit counter

एनएलजीले माग्यो हकप्रद निष्काशनको अनुमति

beemaadmin
२०७६ भाद्र ३०, सोमबार

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको माग गर्दै धितोपत्र बोर्डसँग अनुमति मागेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० कित्ता बराबर ६ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागेको हो । हकप्रद निष्काशनपछि इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।
इन्स्योरेन्सको गत जेठ १४ गते सम्पन्न विषेश साधारण सभाले बीमा समितिले निर्धारण गरेको न्यूनतम चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
यस अघि नै इन्स्योरेन्सले लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा दिइसकेको छ ।

सम्बन्धित समाचार