free website hit counter

एनसेललाई १९ अर्ब बुझाउन प्राधिकरणको निर्देशन

beemaadmin
२०८१ श्रावण २०, आईतवार

काठमाडौं । यहाँ राज्यलाई तिर्नुपर्ने कर तिर्न उद्योगीहरुलाई निकै कष्टको विषय बन्न थालेको छ । चाहे विद्युत महसुलको विवाद होस् या एनसेलको कर विवाद । नेपाल दूरसंचार प्राधिकरणले निजी टेलिफोन सेवा प्रदायक संस्था एनसेल १९ अर्ब रुपैयाँ बुझउन नाकेता गरेको छ । यसै हप्ता प्राधिकरणले एनसेलका नाममा पत्र लेख्दै मोबाईल सेवाको अनुमपतिपत्र (लाइसेन्स) नविकरणवापतको दस्तुर र जरिवानासहित १९ अर्ब रुपैयाँ बुझाउन ताकेता गरेको हो । एनसेलले टेलिफोन सेवा प्रदान गर्नका लागि पआएको लाइसेन्सको तेस्रोपटकका लागि गएको जेठ १६ सम्म २० अर्ब रुपैयाँ तिरेर नवीकरण गराउनुपर्नेथियो । उक्त समयसम्म कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने नविकरवापतको २० अर्ब रुपैयाँ नबुझाउँदा थप ३ अर्ब रुपैयाँ जरिवानाको चक्करमा फसेको थियो । अर्थात जेठ १६ सम्म कम्पनीले तिर्नुपर्ने रकमको २० प्रतिशत अर्थात २० अर्बमा जम्मा ४ अर्ब मात्रै बुझाएर किस्ता सुविधा माग गरेको थियो । किस्ताको सुविधामा प्राधिकरणले हालै कुनै निर्णय नगरेपनि दूरसंचार ऐनको व्यवस्थाबमोजिक कम्पनीले तोकिएको अवधिमा २० अर्ब नबुझाएपछि त्यसको १५ प्रतिशत थप जरिवाना लागेको हो । यसरी हालसम्म कम्पनीले नविकरणका लागि मात्रै २३ अर्ब तिर्नुपर्नेछ । त्यसध्ये हालसम्म कम्पनीले ४ अर्ब तिरिसकेपछि बाँकी रहेको १९ अर्ब पनि चाँडो बुझाउन प्राधिकरणले ताकेता गरेको हो । कम्पनीले पाएको दूरसंचार सेवाप्रदायकको अनुमतिपत्रको अवधि आगामी भदौ १६ गतेसम्म छ । तर, दूरसंचार ऐन र नियमावलीमा तोकिएबमोजिम कम्पनीले लाइसेन्सको अवधि नसकिँदै ३ महिना अगावै २० अर्ब रुपैयाँ तिरेर नवीकरण गराउन सकिने व्यवस्था छ । एनसेलले २०६१ भदौमा जिएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पाएको थियो । दूरसंचार ऐनमा तोकिएको व्यवस्थाबमोजिम कम्पनीले २०७१ सालमा पहिलोपटक १० बर्षमा, २०७६ सालमा दोस्रोपटक ५ बर्षमा र २०८१ सालको भदौ १५ सम्म तेस्रोपटक ५ बर्षका लागि उक्त लाइसेन्स नविकरण गराउनुपर्छ । यसअघि प्रत्येकपटक २० अर्ब रुपैयाँ तिर्दै लाइसेन्स नविकरण गराईसकेको एनसेलले यसपटक भने ३ महिना अगावै जम्मा ४ अर्ब रुपैयाँ मात्रै भुक्तानी गरेपछि अब अगामी भदौ १६ सम्म थप ३ अर्ब तिरेर लाइसेन्स नविकरण गराउन सक्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । कम्पनीले नेपाल टेलिकमलाई दिएकोजस्तो किस्ताको सुविधा माग गरेपनि प्राधिकरणले उक्त सुविधा दिने बिषयमा हालसम्म निर्णय भने गरिसकेको छैन । तर, कम्पनीको लाइसेन्सको म्याद भदौ १६ सम्म मात्रै भएको र त्यसपछि ऐनको व्यवस्था बमोजिम कम्पनीको लाइसेन्स स्वतः खारेजीमा जाने जानकारीसँगै बाँकी रकम बुझाउन प्राधिकरणले निर्देशन दिएको उनले बताए । यसअघि गत बर्ष फागुन २६ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्राधिकरणलाई सरकारले एनसेललाई तेस्रो पटकको नविकरण गर्ने बेलामा कम्पनीको सम्पत्ति, जायजेथा र स्वामित्व नै आगामी ५ बर्षमा सरकारमा आउने गरी मात्रै नविकरण गर्न निर्देशन दिएको छ । अर्थात कम्पनीले मन्त्रिपरिषदले तोकेका शर्तहरु मानेमा मात्रै उक्त लाइसेन्स नविकरण हुनेछ । यसअघि प्राधिकरणले एनसेललाई जेठ ४ गते एक पत्र लेख्दै तोकिएको रकम तिरेर र शर्तहरुको पालना गर्दै आगामी ५ बर्षका लागि लाइसेन्स नविकरण गराउन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार