free website hit counter

एनसेलले अब १८ अर्ब कर तिर्न बाँकी

beemaadmin
२०७६ पुष १६, बुधबार

काठमाडौं । कर विवादमा तानिएको टेलिफोन सेवा प्रदायक निजी कम्पनी एनसेलले पूँजीगत लाभकरको बक्यौता रकम साढे चार अर्ब रुपैयाँ बुझाएको छ। एनसेलले किस्ताबन्दी सुविधा माग गर्दै साढे ४ अर्ब रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ भने आगामी ६ महिनाभित्र बाँकी रकम बुझाइसक्नु पर्ने छ ।

सर्वोच्च अदालतले एन्सेललाई मंसिर पाँच गते कर निर्धारण गरेपछि ठूला करदाता कार्यालयले २२ मंसिरमा पत्राचार गर्दै १५ दिनभित्र कर बुझाउन ताकेता गरेको थियो ।

कम्पनीले ठूला करदाता कार्यालयमा उक्त रकम बुझाएको हो। सर्वोच्च अदालतले एनसेलको शेयर स्वामित्व खरिद बिक्री वापतको लाभकर २२ अर्ब ४४ करोड रुपैयाँ निर्धारण गरे पनि ब्याज बापतको रकम थपिँदा २२ अर्ब ६७ करोड रुपैयाँ तिनुपर्ने भएको छ । सो रकममध्ये  झण्डै २० प्रतिशत रकम मंगलबार एनसेलले बुझाएको छ ।

अब एनसेलले सरकारलाई १८ अर्ब १७ करोड रुपैयाँ तिर्न बाँकी छ। एनसेलले यस अघि नै २३ अर्ब ५७ करोड रूपैयाँ लाभकर तिरिसकेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार